Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन आजदेखि सुरु
शनिवार, जेठ २३, २०८३
काठमाडौं, २३ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ।
रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ। पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो। तदर्थ समिति बनेपनि गण्डकीका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ। ती जिल्लामा वडा र पालिकाकोसमेत अधिवेशन गरिएको थिएन।
कुनै जिल्लामा ३० प्रतिशत पालिकाको अधिवेशन सकिए जिल्ला अधिवेशन गर्न सकिने गरी पार्टीले निर्णय लिएको थियो।
आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ। रास्वपाको प्रथम महाधिवेशन भने असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा हुनेछ।