झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई मोसो दलेको बिरोधमा झापाको बिर्तामोडमा उनका समर्थकहरुले प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौंलाई मोसो दलिएको घटनाको विरोधमा उनका समर्थक सडकमा उत्रिएका हुन् । प्रसाईंका समर्थकहरुले नेपाल आमाको रक्षा गर, नेपाल राष्ट्रको रक्षा गर, आतंकवादी अराजकता मुर्दावाद, देशद्रोही भष्ट्राचारी मुर्दावाद, हाम्रो अभियान जारी छलगायत नारा लगाएका थिए ।
बिर्तामोडको सिटी सेन्टरवाट सुरु भएको र्याली बजार परिक्रमा गरेर मुक्तिचोकमा कोणसभामा परिणत भएको थियो ।
प्रसाईंका समर्थकहरूले दोषीको पहिचान भइसकेकाले अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।




