Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड–७ मा कृषि ट्र्याक्टर सेवाको नयाँ भाडादर निर्धारण
बिहिवार, जेठ २८, २०८३
झापा : बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा कृषि कार्यमा प्रयोग हुने ट्र्याक्टर सेवाको नयाँ दररेट निर्धारण गरिएको छ । वडा कार्यालयको पहलमा ट्र्याक्टर व्यवसायी र स्थानीय किसानहरूबीच भएको संयुक्त छलफलले सर्वसम्मत रूपमा भाडादर तय गरेको हो ।
नयाँ सहमति अनुसार कृषि कार्यका लागि ट्र्याक्टरको
रोडाभेटर प्रयोग गरी जोतेको २ हजार ६ सय र काँटा प्रयोग गरी जोतेको: २ हजार ३ सय भाडादर निर्धारण गरिएको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो ।
विगतमा ट्र्याक्टरको भाडा दरमा एकरूपता नहुँदा किसान र व्यवसायीबीच आपसी असमझदारी हुँदै आएको थियो । नयाँ दररेट तोकिएपछि कृषि कार्य थप सहज, व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
बिर्तामोड नगरपालिका वडा नं. ७ को वडा कार्यालयले केहि दिन अघि एक सूचना जारी गर्दै उक्त निर्धारित दररेटलाई पूर्ण रूपमा पालना गर्न ट्र्याक्टर व्यवसायी तथा किसानलाई आग्रह गरेको छ । दुवै पक्षको आपसी सहमति र हितलाई ध्यानमा राखेर यो निर्णय गरिएको वडा कार्यालयले जनाएको छ ।