Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
फौजी कीराले मकै बाली नष्ट, भोजपुरवासी चिन्तामा
शुक्रवार, जेठ २९, २०८३
भोजपुर, २९ जेठः फौजी कीराले मकैबालीमा क्षति पुर्याएपछि भोजपुरका किसान चिन्तामा परेका छन् ।
विशेषगरी बेँसी क्षेत्रका बारीमा कीराको आक्रमण बढी देखिएको छ । फौजी कीराले पात, डाठ र गाभा नै खान थालेपछि बाली सखाप हुने अवस्थामा पुगेको पौवादुङमाका किसानहरू बताउँछन् ।
फौजी कीराले मकैको कोमल भागमा आक्रमण गर्ने गर्दछ । यसले सुरुमा पातमा स–साना प्वाल पार्दै खाने र मकैको गाभाभित्र पसेर भित्री भाग नै खाने गरेको पौवादुङमा–६ ठूलोदुम्माका किसान बलराम राईले बताउनुभयो ।
“पानी नपरेर मकै राम्रोसँग बढ्न सकेन”, उहाँले भन्नुभयो, “त्यसमाथि फौजी कीराले झन् नोक्सान गर्यो । वर्षात् भएमा कीराको क्षति कम हुने थियो । खडेरीका कारण पनि बढी क्षति पुर्याएको अवस्था छ ।”
किसानहरूले समयमै नियन्त्रणका उपाय नअपनाइएमा अझ ठूलो क्षति हुनसक्ने भन्दै सम्बन्धित निकायसँग तत्काल सहयोगको माग गरेका छन् । प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाएर अनुगमन तथा परामर्श दिने काम भइरहेको पौवादुङमा गाउँपालिकाका कृषि शाखाका प्राविधिक वर्तेन्द्र राईले बताउनुभयो ।