शनिवार, असार २७, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

आषाढ ३ देखि शिवसताक्षीमै मालपोत सेवा

मङ्गलवार, असार २, २०८३

शिवसताक्षी १ असार : झापाको शिवसताक्षी नगरपालिकाले आगामी आषाढ ३ गतेदेखि पूर्ण रूपमा भूमि प्रशासन (मालपोत) सेवा सञ्चालन गर्ने भएको छ। यससँगै हालसम्म मालपोत कार्यालय दमकबाट हुँदै आएका सम्पूर्ण जग्गा सम्बन्धी सेवाहरू अब शिवसताक्षी नगरपालिकाबाटै प्रदान गरिने भएका छन्।

नगरपालिकाले यसअघि आंशिक रूपमा सञ्चालन गर्दै आएको भूमि प्रशासन सेवा अब पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउन लागेको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो।

उहाँका अनुसार स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालनका लागि देशभरका ७५३ स्थानीय तहमध्ये ३५ वटा पालिका छनोटमा परेका छन्, जसमा शिवसताक्षी नगरपालिका पनि परेको हो। नगरप्रमुख थोप्राले यसलाई नगरका लागि ठूलो उपलब्धिका रूपमा उल्लेख गर्दै जग्गा सम्बन्धी कामका लागि दमक पुग्नुपर्ने बाध्यता हट्ने बताउनुभयो।

“जग्गासम्बन्धी कामका लागि नागरिकले दमक धाउनुपर्ने, विभिन्न शीर्षकमा अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था थियो। अब शिवसताक्षीवासीले आफ्नै नगरपालिकाबाट सहज रूपमा सेवा पाउनेछन्,” उहाँले भन्नुभयो।

शिवसताक्षी नगरपालिका भूमि प्रशासन सेवा प्रमुख डिल्ली नेपालका अनुसार नगरपालिकाबाट राजीनामापास, हकहिस्सा राजीनामा, दर्ताफारी, संगोलनामा, छोडपत्र, दानपत्र, हालैदेखिको बकसपत्र, शेषपछिको बकसपत्र, जग्गासहितको अष्टलोह, करारनामा, कपाली तमसुक, अंशबण्डालगायत एलआईएन (LIN) नम्बर प्राप्त धनीपुर्जासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुनेछ।

उहाँले एलआईएन नम्बर नभएका धनीपुर्जाको हकमा भने प्रारम्भिक चरणमा एकपटक भूमि प्रशासन कार्यालय दमकमा जानुपर्ने भए पनि आगामी दिनमा उक्त सेवा समेत नगरपालिकाबाटै उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो।

नगरपालिकाका लेखा शाखा प्रमुख प्रकाश योङहाङले भूमि प्रशासन सेवा सञ्चालनसँगै सेवाग्राहीले बाहिर गएर लिखत तयार गर्नुपर्ने लगायतका झन्झटबाट मुक्ति पाउने बताउनुभयो।

नगरपालिकाले भूमि प्रशासन सेवा प्रयोग गरेबापत सेवाग्राहीबाट १ हजार ५ सय रुपैयाँ सेवा शुल्क लिने व्यवस्था गरेको जनाएको छ। उक्त रकम नगरपालिकाको आन्तरिक राजस्व खातामा जम्मा हुनेछ। यद्यपि, जग्गा रजिस्ट्रेशन शुल्क भने संघीय सरकारले तोकेको दररेटअनुसार नै लाग्नेछ।

स्थानीय तहबाटै भूमि प्रशासन सेवा सञ्चालनमा आएपछि नगरवासीले छिटो, सहज, पारदर्शी तथा कम खर्चिलो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर