Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडको १३ किलोमिटर क्षेत्रमा सोलार फेन्सिङ्ग हुने
मङ्गलवार, असोज २३, २०८०
झापा । बिर्तामोड नगरपालिका भित्रको १३ किलोमिटर क्षेत्रमा हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङ्ग गरिने भएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको विशेष पहलमा वडा नम्बर ६ बुट्टाबारी देउनिया खोलाको पुलदेखि दक्षिण वडा नम्बर ७ हुँदै वडा नम्बर ८ देउनिया खोला पुल दक्षिण किसनभिट्टासम्मको करिव १३ कि.मी. क्षेत्रमा सोलार फेन्सिङ्ग गरिने भएको हो । वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ लागि विनियोजित बजेटबाट कार्यक्रम स्विकृत भएकोले उक्त स्थानहरुको सर्भे गर्न र डिजाइन तथा लागत अनुमान तयार गर्न परामर्शदाता इन्जिनियरहरुको छनौट भैरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।परामर्शदाताको छनौट सकिएपछि तिहार अगाडि नै सर्भे गराउने र सर्भेको रिपोर्ट प्राप्त भए पछि बोलपत्र आह्वान गरिने कोषले बिर्तामोड नगरपालिकालाई लेखेको पत्रमा उल्लेख गरेको छ ।
हात्ती नियन्त्रण गर्न सोलार फेन्सिङ्गका लागि आवश्यक बजेटको माग गर्दै बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले २०७९ चैत २६ गते राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पत्राचार गर्नु भएको थियो ।तोकिएको क्षेत्रमा सोलार फेन्सिङ्ग भएपछि यहांका ९० प्रतिशत भन्दा बढी जनता हात्तीको आतंकबाट मुक्त हुने वडा नम्बर ७ का वडाअध्यक्ष अबिरल कृष्ण खरेलले बताउनु भयो ।
हात्तीले अहिलेपनि यस क्षेत्रमा दैनिक करिब एक विगाह धान खेतमा क्षति पुर्याउंदै आएको छ ।