शनिवार, असार २७, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

अर्जुनधारामा तीनदिने रोजगार मेला सुरु

बुधवार, असार ३, २०८३

अर्जुनधारा, ३ असार : अर्जुनधारा उद्योग वाणिज्य संघको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा आजदेखि तीनदिने रोजगार मेला सुरु भएको छ। असार ३, ४ र ५ गतेसम्म सञ्चालन हुने मेला शनिश्चरे चौक बजार क्षेत्रमा आयोजना गरिएको हो।

मेलाको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले गर्नुभयो। उहाँले केही ढिलाइ भए पनि रोजगार मेलाले स्थानीय आर्थिक समृद्धिको आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमले सामाजिक विकासमा समेत योगदान पुर्‍याउनुका साथै नागरिकलाई उपलब्ध रोजगारीका अवसरबारे जानकारी गराउने उहाँको भनाइ थियो।

अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्काका अनुसार दक्ष जनशक्तिको अभाव तथा बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने उद्देश्यले रोजगार मेला आयोजना गरिएको हो। मेलामार्फत करिब १८० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने लक्ष्य राखिएको उहाँले बताउनुभयो।

उहाँका अनुसार मेलापछि अदक्ष कामदार तथा रोजगारीको खोजीमा रहेका युवा–युवतीलाई विभिन्न सीपमूलक तालिम प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने योजना समेत रहेको छ।

मेलामा एक दर्जनभन्दा बढी स्टलहरू स्थापना गरिएका छन्। बेकरी सामग्री उत्पादनसम्बन्धी तालिम सञ्चालन गरिनुका साथै घरेलु उत्पादन सामग्रीका आकर्षक स्टल, कृषि सामग्रीका स्टल, रोजगार समन्वयकर्ताको स्टल, विभिन्न शिक्षण संस्था तथा स्वास्थ्य संस्थाका स्टल राखिएका छन्। यस्तै मोबाइल तथा मोटरसाइकल बिक्री तथा मर्मतसम्बन्धी स्टलहरू समेत मेलाका आकर्षणका रूपमा रहेका छन्।

कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुलीले अर्जुनधारावासीलाई रोजगार मेलामा सहभागी भई अवसरको सदुपयोग गर्न आग्रह गर्दै सकेसम्म धेरै नागरिकले रोजगारी प्राप्त गर्न सकून् भन्ने नगरपालिकाको अपेक्षा रहेको उल्लेख गर्नुभयो।

अर्जुनधारा–८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्योगधन्दा स्थापना तथा विस्तारमार्फत रोजगारी सिर्जना गर्नु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले स्थानीय स्तरमै उपलब्ध कच्चापदार्थको उपयोग गरी उत्पादनमूलक गतिविधिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

आयोजकका अनुसार सीप सिक्न इच्छुक व्यक्तिका लागि विभिन्न विधाका व्यावहारिक तालिमसमेत सञ्चालन गरिनेछ। बेकरी तथा इलेक्ट्रीसियनलगायतका क्षेत्रमा छुट्टाछुट्टै स्टलमार्फत प्रशिक्षण प्रदान गरिने जनाइएको छ।

रोजगारीका अवसरसँगै मेलामा जातीय झाँकी, सांस्कृतिक कार्यक्रम तथा धार्मिक पर्यटन प्रवर्द्धनसँग सम्बन्धित गतिविधिहरू पनि समावेश गरिएको छ। प्रत्येक दिन साँझ ७ बजेदेखि राति ९ बजेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

रोजगार मेलाले स्थानीय युवायुवतीलाई रोजगारी र सीप विकासका अवसरसँग जोड्दै स्वरोजगारतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर