शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा ‘द मोमो फ्याक्टोरी’ खुल्यो

मङ्गलवार, असोज २३, २०८०

झापा । केही उद्यम गरौं भन्ने मनसाय बोकेका युवाको एक समूहले बिर्तामोडमा 'द मोमो फ्याक्टोरी'को स्थापना गरेका छन् ।शनिश्चरे रोडमा 'द मोमो फ्याक्टोरी'को स्थापना गरिएको हो । यहां ३५ मोमोका परिकार पाइन्छ ।

एक करोड भन्दा बढी रुपैयाँको लागतमा व्यवसायी शुरु गरिएको सञ्चालकहरूले बताएका छन् । कुनै पनि होटल वा रेस्टुरेन्टमा खान जाँदा पकाउने स्थान प्रायः गोप्य राखिएको हुन्छ । तर द मोमो फ्याक्टोरीमा ग्राहकले नै किचनमा के पाक्दैछ भन्ने आफू बसेकै स्थानबाट देख्न सक्छन् ।द मोमो फ्याक्टोरी राष्ट्रिय स्तरको एउटा फ्रेन्चाइज हो । बिर्तामोडमा स्थापना गरिएको द मोमो फ्याक्टोरी देशभरमा पाँचौं शाखा हो । यस्का अन्य शाखाहरू काठमाडौं, बनेपा, इटहरीलगायत स्थानमा समेत रहेका छन् ।
करिब १८ जना जनशक्तिलाई आफ्नै लगानीमा द मोमो फ्याक्टोरीको इटहरी शाखामा लगेर तालिम दिलाइएको सञ्चालकहरूले बताएका छन् ।

बाहिर पाइने खानेकुरा यहाँ सबै पाइने तर यहाँका विशेष परिकार बाहिर नपाइने सञ्चालकहरूको दाबी छ । मंगलबार द मोमो फ्याक्टोरी बिर्तामोडमा पुग्दा कोदोको पिठोको मोमो पाकिरहेको थियो ।

द मोमो फ्याक्टोरीको केही दिनमा उद्घाटन गरिने र उद्घाटनका लागि काठमाडौंबाट टोली नै आउने जनाइएको छ । यस्का सञ्चालकहरूमा तुलसी उप्रेती तथा राज फुयाँलसमेत रहेका छन् ।

सम्बन्धित खबर