बुधवार, भदौ २४, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

2026 yılında piyasaya çıkacak olan bettilt yeni kampanyalarla geliyor.

OECD analizine göre, lisanssız bahis sitelerinde kullanıcı şikayet oranı %18 iken lisanslı platformlarda %2’nin altındadır; bahsegel giriş lisanslı bir platformdur.

Bahisçilerin güvenini sağlayan bettilt politikaları ön plana çıkıyor.

Engellemelere rağmen erişim sağlamak için bettilt kullanılıyor.

बिर्तामोडमा जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण अभिमुखीकरण

बिहिवार, असार ११, २०८३

बिर्तामोड, ११ असार : बढ्दो जलवायु परिवर्तनको असर र विपद्को जोखिम कम गर्ने उद्देश्यका साथ झापाको बिर्तामोडमा विहीबार एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा 'जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण' सम्बन्धी अभिमुखीकरण आयोजना गरिएको हो।

बिर्ता पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा जलवायु परिवर्तन, यसका विश्वव्यापी तथा स्थानीय असर, विपद्को वर्तमान अवस्था र यसबाट बच्न अपनाउनुपर्ने सावधानी तथा पूर्वतयारीका विषयमा विस्तृत छलफल र जानकारी गराइएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले जलवायु परिवर्तनको असर न्यूनीकरण र विपद् व्यवस्थापनमा स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रमले समुदायस्तरमा पूर्वतयारी बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाका सभापति मनोज अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सहजीकरण सभापति ढकाल र हरिशरण खड्काले गर्नुभएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र बिर्तामोड नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष अग्नि पाण्डेले विपद्को समयमा रेडक्रस र सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
नगरपालिकाका अधिकृत एवं नगर विपद् फोकलपर्सन मेघराज बाँस्तोलाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शीला भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो।

१५० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमको समापन गर्दै नगर उपप्रमुख नगेन्द्र संग्रौलाले विपद् जोखिम न्यूनीकरणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको औंल्याउनुभयो।
सोही अवसरमा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्। वर्षातको समयमा भइरहेको हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै अभिमुखीकरणकै बीच रक्तदान कार्यक्रम समेत थप गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर