बिर्तामोड, २४ असार : झापाको बिर्तामोडस्थित पाथिभरा सिने प्लाजाले चलचित्रप्रेमी दर्शकहरूलाई लक्षित गर्दै नयाँ सहुलियत योजना सार्वजनिक गरेको छ। अब दर्शकहरूले हरेक साताको मंगलबार र बुधबार सञ्चालन हुने सबै शोमा ५० प्रतिशत छुटमा चलचित्र हेर्न सक्नेछन्।
हलका अनुसार उक्त दुई दिन टिकट खरिद गर्दा दर्शकले नियमित शुल्कको आधा रकम मात्र तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसबाट कम खर्चमा गुणस्तरीय चलचित्र हेर्ने अवसर मिल्ने विश्वास गरिएको छ।
पाथिभरा सिने प्लाजाले यो योजना दर्शकलाई सहज र सुलभ रूपमा मनोरञ्जन उपलब्ध गराउनुका साथै चलचित्र हलमा दर्शकको आकर्षण बढाउने उद्देश्यले ल्याइएको जनाएको छ। साथै, यस्तो सहुलियत योजनाले स्थानीय स्तरमा चलचित्र संस्कृतिलाई थप चलायमान बनाउन र नेपाली फिल्म उद्योगलाई समेत सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।
हल व्यवस्थापनले बिर्तामोड तथा आसपासका क्षेत्रका दर्शकलाई यस अवसरको लाभ लिन आग्रह गरेको छ।



