बिर्तामोड, २५ असार : झापाको बिर्तामोडमा करिब ५० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको ‘क्याफिन क्याफे’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
सुगम पेट्रोल पम्पको ठीक अगाडि रहेको क्याफेको सञ्चालक अभिषेक आचार्यकी ७ वर्षीया छोरी आश्भि आचार्यले आज रिवन काटेर उद्घाटन गर्नु भयो ।
व्यवसायी अभिषेक आचार्य र स्विकार श्रेष्ठको संयुक्त लगानीमा सञ्चालनमा आएको क्याफेमा गुणस्तरीय कफी र विभिन्न स्वादका परिकारहरु पारिवारिक वातावरणमा बसेर खान सकिने छ । क्याफे उद्घाटनको अवसरमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यो छुट सीमित अवधिसम्म लागू हुने जनाइएको छ।
क्याफेका सञ्चालक अभिषेक आचार्यले यसअघि देखि नै सोही भवनको तल्लो भागमा कार वास तथा कलश इन्चरप्राइजेज मार्फत सेट टायरको आधिकारिक डिलरसमेत सञ्चालन गर्दै आउनु भएको छ ।
उद्घाटनसँगै क्याफेले दैनिक रूपमा ग्राहकलाई सेवा दिन थालेको छ। बिर्तामोडमा स्वादिष्ट कफी, स्वादिष्ट परिकार र उत्कृष्ट सेवामार्फत ग्राहकलाई फरक अनुभव प्रदान गर्ने लक्ष्यका साथ क्याफे सञ्चालनमा ल्याइएको सञ्चालकहरुले बताएका छन् ।
उद्घाटन कार्यक्रममा आफन्त, शुभेच्छुक तथा स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो।



