Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
बुधवार, साउन ६, २०८३
चितवन, ६ साउनः नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस, भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको ४४औँ बिपी स्मृति दिवसका अवसरमा उहाँले सो धारणा राख्नुभएको हो ।
यहाँ आयोजित वृक्षरोपण कार्यक्रम पछि उहाँले स्थानीय पत्रकारसँग कुराकानी गर्दै मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप हुने जिकिर गर्नुभयो । नेता आङ्देम्बेले पार्टी फुटाउन होइन, जुटाउन गोलबद्ध हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेसका नेता डा केदार नरसिंह केसी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो । भरतपुर–१० स्थित गेष्टहाउस पछाडिको खुला मैदानमा वृक्षरोपण गरिएको थियो ।