Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
रोट्रयाक्ट क्लब अफ बिर्तामोडको अध्यक्षमा प्रसाई
सोमवार, साउन ११, २०८३
बिर्तामोड, ११ साउन : रोट्रयाक्ट क्लब अफ बिर्तामोडको १४औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
निवर्तमान अध्यक्ष सुशील थापा नेतृत्वको कार्यसमितिले वर्ष २०२६–२७ का लागि निर्वाचित नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको हो। नयाँ अध्यक्षको जिम्मेवारी श्रद्धा प्रसाईले प्राप्त गर्नुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष थापाले आफ्नो कार्यकाल २०२५–२६ मा क्लबमार्फत सञ्चालन भएका सामाजिक सेवा, युवा नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा सामुदायिक हितका विभिन्न गतिविधिको समीक्षा प्रस्तुत गर्नु भएको थियो । थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का आरटीआर प्रकाश शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रसाईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
अध्यक्ष प्रसाईले क्लबको गरिमालाई अझ उचाइमा पुर्याउने, समाजसेवा, नेतृत्व विकास, युवा सशक्तीकरण तथा समुदायमुखी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नवनिर्वाचित कार्यसमितिलाई अतिथिहरुले शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का,रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष दिपक गिरी लगायतको उपस्थिति रहेको थियो ।