Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
काठमाडौंमा १ लाख २० हजार क्याप्सुल लागूऔषधसहित तीन पक्राउ
बुधवार, साउन १३, २०८३
काठमाडौंमा १ लाख २० हजार क्याप्सुल लागूऔषधसहित तीन पक्राउ
➖काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बाराको कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महानगरपालिका–६ बस्दै आएका २४ वर्षीय दीपक राई रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याई लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा साउन १२ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो।
कारबाहीका क्रममा उनीहरूको साथबाट ‘डामाडोल’ नामक लागूऔषधका १ लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको BAC 7017 नम्बरको सवारीसाधन, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल फोन तथा नगद नेपाली रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषध, नगद, सवारीसाधन तथा मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।