Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापामा सामाजिक सद्भाव कायम गर्न सरोकारवालासँग भेटघाट
बुधवार, साउन १३, २०८३
बिर्तामोड, १३ साउन : सुनसरीमा भएको घटनापछि झापामा सामाजिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय झापाले सरोकारवालासँगको भेटघाट र छलफललाई प्राथमिकता दिएको छ ।
संभावित जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारीले सक्रियता बढाएका छन् । आज दिउँसो झापाली सञ्चारकर्मीसँगको भेटमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मुस्लिम बस्तीहरुमा पुगेर आवश्यक भेटघाट तथा सहजीकरण गरिरहेको जानकारी दिए ।
उनले कचनकवल र झापा गाउँपालिकामा रहेको मुस्लिम बस्तीमा पुगेर स्थानीय अगुवा तथा धार्मिक गुरुहरुसँग समेत भेटघाट तथा छलफल गरेको जानकारी दिए । तल्लो तहसम्म सद्भाव कायम गर्न सहजीकरण गरिरहेको उनको भनाई थियो । जिल्ला प्रशासनले झापाका १५ वटै पालिकाका प्रमुखहरुसँग छलफल समेत छलफल गरिसकेको छ । उनले तल्लो तहसम्म सद्भाव बैठकहरु आयोजना गर्न आग्रह गरिएको जानकारी दिए ।
झापामा संभावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई समेट हाइअलर्टमा राखिएको प्रजिअ गेलालको भनाई छ । उनले सामाजिक सञ्जालमा आउने भ्रमका पछि नलाग्न जनसमुदायलाई आग्रह गरेका छन् । गलत सूचनाहरुलाई खण्डन गर्न सञ्चारकर्मीसँग उनको आग्रह थियो ।
धार्मिक गुरुहरुले सामाजिक सद्भाव कायम गर्न सहयोग गर्ने बताएको प्रजिअ गेलालको भनाई छ ।