Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सुनसरी घटनाः सरकार र पीडित परिवारबीच सातबुँदे सहमति
शुक्रवार, साउन १५, २०८३
काठमाडौं, १५ साउनः सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सम्झौता भएको छ ।
सम्झौताअनुसार सरकारले मृतकद्वयलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रतिपरिवार रु १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिने छ । देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियतका सम्बन्धमा तत्काल छानबिन थालिने भएको छ ।
सम्झौताअनुसार दुवै मृतकका परिवारका योग्य एक–एक जना सदस्यलाई रोजगारीको व्यवस्था गरिने छ भने छानबिन समितिको सुझावका आधारमा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति उद्यान निर्माण गरिने छ ।
सम्झौतापत्रमा मृतकका परिवारका प्रतिनिधि र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गर्नुभएको छ । सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन गर्ने विश्वास पीडित परिवारले व्यक्त गरेका छन् भने सरकारका तर्फबाट सम्झौतामा उल्लिखित सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ । मेहताद्वयको आजै अन्त्येष्टि गरिनेछ ।