Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
एनवाइइएफ झापाले पायो नयाँ नेतृत्व, अध्यक्षमा मिजास पोखरेल
शुक्रवार, साउन १५, २०८३
बिर्तामोड, १५ साउन : नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) झापाको अध्यक्षमा मिजास पोखरेल चयन हुनुभएको छ।
बिर्तामोडस्थित होटल द किंग्सबेरीमा बिहीबार सम्पन्न मञ्चको तेस्रो अधिवेशनले पोखरेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। उहाँको कार्यकाल एक वर्षको रहनेछ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा सुरज चौधरी, द्वितीय उपाध्यक्षमा अजित ढुंगाना चयन हुनुभएको छ। त्यसैगरी, कार्यकारिणी सदस्यहरूमा विशाल बिमली, मनिष साहेवाला, विकास अग्रवाल, आयुष बजगाईं, आशिष शर्मा, उत्सव उप्रेती, निरज चौधरी, सौभाग्य थापा र प्रनिसा बराल चयन हुनुभएको छ।
मञ्चका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत रुपेशजंग बेलबासेले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्नुभएको थियो।कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मनिष झाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी, मञ्चका राष्ट्रिय अध्यक्ष सुदीप घिमिरे तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले पनि नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
तीन वर्षअघि झापामा स्थापना भएको नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) झापामा हाल ७५ जना युवा व्यवसायी तथा उद्यमी आबद्ध रहेका छन्।