Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सुनसरीको घटनाप्रति सरकार संवेदनशील हुनुपर्छ
शुक्रवार, साउन १५, २०८३
काठमाडौँ, १५ साउनः राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सुनसरीको घटनाप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ । सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा सांसदहरूले सरकार र गृहप्रशासन घटनाप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद वासुदेव घिमिरेले सुनसरी घटनाबाट सुरु भएको असहज परिस्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोइलाबास नाका व्यवस्थित गर्न सरकारसमक्ष आग्रह गर्नुभयो ।
सांसद विष्णुबहादुर विश्वकर्माले देश निराशा र आक्रोसको चपेटामा परेको बताउँदै यो सरकारले सहकार्यमार्फत सुव्यवस्थित बाटो अपनाउनुपर्नेमा जोड दिनुभयो । सांसद सोमनाथ पोर्तेलले सुनसरीको घटना समाधान गर्न वडास्तरसम्म शान्ति समिति गठन गरिनुपर्ने र घटनाको छानबिन गर्न समिति बनाउनुपर्ने सुझाव दिनुभयो ।
सांसद चन्द्रबहादुर केसीले कर्मचारीतन्त्रलाई चित्त नबुझाइकन सरकार सही मार्गमा चल्न कठिन हुने बताउँदै सरकारलाई कर्मचारीतन्त्रसँग सहकार्य गर्न सुझाव दिनुभयो । सांसद गोमादेवी तिमिल्सिनाले प्रदेश सरकारलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन सुझाव दिनुभयो । सांसद रञ्जित कर्ण र सांसद मोहम्मद खालिदले सुनसरी एवं सिरहामा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।