Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापाको चारआलीमा जेसिज सम्मेलनको आयोजना
शनिवार, साउन १६, २०८३
भद्रपुर (झापा), १६ साउनः झापाको चारआलीमा आगामी असोज ९ र १० गते हुने नेपाल जेसिज क्षेत्र ‘क’ सम्मेलनले स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । सम्मेलनमा पूर्वी नेपालका ४६ शाखाबाट करिब ५०० प्रतिनिधिको सहभागिता रहने भएकाले होटल, रेस्टुरेन्ट, यातायात तथा सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक प्रभाव पर्ने विश्वास गरिएको आयोजकले आज पत्रकार सम्मेलन गरी जनाएको छ ।
चारआली जेसिजका अध्यक्ष सञ्जय निरौलाले सम्मेलनमार्फत कोशी प्रदेशको मौलिक संस्कृति, कला, स्थानीय उत्पादन र पर्यटनलाई सहभागीमाझ प्रवद्र्धन गर्ने उद्देश्य राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशका विभिन्न स्थानबाट आउने प्रतिनिधिले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात र अन्य व्यवसायलाई प्रत्यक्ष लाभ पुग्नेछ । साथै झापाको पर्यटन र स्थानीय उत्पादनको प्रवद्र्धनमा पनि सम्मेलनले सकारात्मक योगदान पु¥याउने विश्वास लिएका छौँ ।”
स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता, लगानी तथा एआईमा आधारित डिजिटल मार्केटिङ तालिम, थिम सेमिनार र अन्तर–शाखा वक्तृत्वकला प्रतियोगितासमेत सञ्चालन गरिने कार्यक्रम संयोजक तथा नेपाल जेसीजका पूर्वअध्यक्ष उत्तम पकुवालले बताउनुभयो । उहाँका अनुसार सम्मेलनले युवा नेतृत्वसँगै उद्यमशीलता र स्थानीय आर्थिक गतिविधिलाई जोड्ने काम गर्नेछ ।