Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ
आइतवार, साउन १७, २०८३
बिर्तामोड, १७ साउन : झापाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
शनिबार कनकाई नगरपालिका–२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १०२ ग्राम ३१० मिलिग्राम, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ७ हजार २०० ट्याब्लेट र नाइट्राभेट ७ हजार ४५० ट्याब्लेटसहित भारतको विहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा–८ छिप्टिया टोलका २७ वर्षीय अझर अन्सारी र कुरसाकट्टा–७ तकियाटोलका २८ वर्षीय मोहम्मद एजवाल पक्राउ परेका हुन्।
त्यसैगरी दमक नगरपालिका–५ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ५२० मिलिग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल ४ हजार ९६० ट्याब्लेटसहित सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराका ३४ वर्षीय बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका–२ की २३ वर्षीया रोमी लिम्बू तथा झापाको दमक नगरपालिका–७ का २९ वर्षीय करण मल्लिक पक्राउ परेका छन्।
पक्राउ परेका पाँचै जनामाथि सम्बन्धित प्रहरी कार्यालयबाट लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।