Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पुष्पलाल इन्भेस्टमेन्टको १५ लाख कित्ता आइपीओ आउँदै
बुधवार, साउन २०, २०८३
झापा, २० साउन : पुष्पलाल इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले १५ लाख कित्ता आइपीओ जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीका अध्यक्ष एलपी सावाँका अनुसार प्रस्तावित आइपीओबाट सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने तयारी गरिएको हो । आइपीओ निष्कासनसम्बन्धी प्रस्ताव अनुमोदनका लागि कम्पनीले भदौ १३ गते वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले अधिकृत पुँजी १ अर्ब ८ करोड रुपैयाँ र जारी पुँजी ७५ करोड रुपैयाँ कायम गर्ने निर्णय पनि गरेको छ । साधारणसभाबाट प्रस्ताव पारित भएपछि आवश्यक नियामकीय प्रक्रिया पूरा गरी आइपीओ निष्कासनको प्रक्रिया अघि बढाइने अध्यक्ष सावाँले बताए ।
पुष्पलाल इन्भेस्टमेन्टको आइपीओ घोषणासँगै पूँजी बजारमा नयाँ लगानीको अवसर थपिने अपेक्षा पनि गरिएको छ ।