Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
दुर्गा प्रसाईं सहभागी हुने सबै कार्यक्रम विथोल्ने राष्ट्रिय युवा संघ झापाको उद्घोस (विज्ञप्तीसहित)
बिहिवार, असोज २५, २०८०
बिर्तामोड । राष्टिय युवा संघ, नेपालका झापा जिल्ला कमिटीले दुर्गा प्रसाईं सहभागी हुने सबै कार्यक्रम विथोल्ने चेतावनी दिएको छ। जिल्ला कमिटीका संयोजक फुर्वा लामाले आज (बिहीबार) एक विज्ञप्ती जारी गरेर यस्तो चेतावनी दिएका हुन् ।
संघको अर्जुनधारा नगर कमिटी, झापाको प्रथम नगर अधिवेशनको उद्घाटनपछि संघका नेता, कार्यकर्ता र सर्वसाधारणले सडकको पेटीमा पार्किंग गरेर रोखका सवारीसाधनमा प्रसाईंले नै भाडाका मान्छे परिचालन गरेर कथित पहिचानवादीको नाममा तोडफोड गरेको भन्दै त्यस घट्नाले आफूहरुलार्य उत्तेजित र आक्रामक बनाएको लामाको भनाई छ ।
संघले प्रसाईंलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिको संज्ञा दिएको छ । आजको गाडी तोडफोडको घट्नामा संलग्नहरुलाई यथाशिघ्र पक्राउ गरेर कडाभन्दा कडा कानूनी कारबाहीको दायरामा ल्याउपनि संघले माग गरेको छ ।