Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
बिहिवार, साउन २१, २०८३
भद्रपुर (झापा), २१ साउनः हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर तथा सैलुनमध्ये अधिकांश व्यवसाय बिनादर्ता तथा आवश्यक कानुनी कागजातबिनै सञ्चालन भइरहेको पाएको छ ।
बुधबार भएको अनुगमनपछि गाउँपालिकाले त्यस्ता व्यवसायलाई आगामी २५ गतेभित्र गाउँपालिकामा दर्ता भई आवश्यक प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । साथै मूल्यसूची, होल्डिङ बोर्ड, बिल÷रसिदलगायत अन्य आवश्यक कानुनी कागजातसमेत सोही अवधिभित्र गाउँपालिकामा पेस गर्न पनि निर्देशन दिएको छ ।
अनुगमन टोलीको नेतृत्व गर्नुभएकी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले लक्ष्मीदेवी मैनालीले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ता अधिकारको संरक्षण गर्ने उद्देश्यले अनुगमन अभियानलाई निरन्तरता दिइने बताउनुभयो । “बजारलाई व्यवस्थित बनाउँदै सबै व्यवसायलाई कानुनी दायराभित्र ल्याउनु हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो ।
तोकिएको समयसीमाभित्र दर्ता तथा आवश्यक प्रक्रिया पूरा नगर्ने व्यवसायमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष मैनालीको नेतृत्वमा भएको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, गाउँपालिकाका विभिन्न शाखा प्रमुख, सुरक्षाकर्मी, स्थानीय उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतको सहभागिता थियो ।