शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

अनारमनी आधारभुत विद्यालयका विद्यार्धीलाई हाउस ड्रेस वितरण

शुक्रवार, असोज २६, २०८०

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्याल डांगीमा रहेको अनारमनी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्धीलाई हाउस ड्रेस वितरण गरीएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आज ( शुक्रबार) आयोजित एक कार्यक्रम विच छात्र, छात्रा गरि २ सय ४२ जना विद्यार्थीलाई हाउस ड्रेस वितरण गरिएको हो । विद्यार्थीलाई नगर प्रमुख प्रसाईले ड्रेस हस्तान्तरण गर्नु भयो ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार गरिब, जेहेन्दार, दलित, सिमान्तकृतका लागि छात्रवृति वापत छुट्याईएको ८४ हजार र थप रकमको जोहो गरि १ लाख ३९ हजार रुपैयांको ड्रेस वितरण गरिएको प्रधानाध्यापक टंक कटुवालले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य मदन रसाईलीको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर