शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

शनिवार, असोज २७, २०८०

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनु भएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा कार्कीले बहुमत जुटाउनु भयो । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो ।

मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गर्नु भएको थियो । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोक्नु भएको थियो।

तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त हुनु भयो ।

कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थन जुटाएर कार्कीले मुख्यमन्त्री दाबी गर्नु भएको थियो ।

 

सम्बन्धित खबर