Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
बिर्तामोडमा ‘बुधबारे बजार’ सञ्चालन
सोमवार, असोज २९, २०८०
बिर्तामोड । झापाको बिर्तामोडमा ‘बुधबारे बजार’ सञ्चालनमा ल्याईएको छ ।
पुर्व–पश्चिम राजमार्ग छेउ, बिएण्डसी हस्पिटलको अगाडि बजार निर्माण गरी उनीहरुले सञ्चालनमा ल्याईएको हो ।
बजारको बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाईँ र उद्योग वाणिज्य संघका महासचिब अर्जुन मैनालीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
स्थानीय व्यवसायी दुर्गा थपलियाको २ कठ्ठा जमिनमा बजार निर्माण गरीएको हो। ४४ वटा सटर रहेको सो बजारमा दैनिक उपभोग्य सामग्री, कपडा, जुत्ता चप्पल, खाद्यान्न, कस्मेटिक्स लगायतका सामग्री उपलब्ध छ ।
थपलियाले प्रत्येक व्यवसायीसँग १ लाख रुपैयाँ धरौटीको रुपमा लिएर अपुग रकम थप गरी बजार निर्माण गरेको जानकारी दिनुभयो ।
बजार निर्माणका लागि ६५ लाख रुपैयाँ लागत परेको जनाईएको छ ।