बिर्तामोड, २७ असोज : नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षको झापा क्षेत्र नं. २ को अधिवेशन आज सम्पन्न भएको छ।
अधिवेशनले क्षेत्रीय सभापति सञ्जु भारतीको नेतृत्वमा सर्वसम्मत समिति गठन गरेको छ। त्यसैगरी, क्षेत्र नं. २ को प्रदेशसभा (क) को सभापतिमा सपना डाँगी र प्रदेशसभा (ख) को सभापतिमा निरज ढकाल चयन हुनुभएको छ।
क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचनसमेत सम्पन्न गरेको छ।
निर्विरोध निर्वाचित महासमिति सदस्यहरूमा खुला कोटाबाट विवेककेशरी प्रसाईं, हर्कलाल गिरी, कृष्ण हुमागाईं, ओमकृष्ण बिमली र मदन बुढाथोकी रहनुभएको छ। त्यसैगरी, महिला खुला कोटाबाट मीरा खड्का र टीका मैनाली तथा समावेशी महिला कोटाबाट राधिका चुडाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।
समावेशी कोटाबाट दीपेन्द्र कार्की, नारायणप्रसाद पौडेल र अशोक चौधरी निर्वाचित हुनुभएको छ। त्यसैगरी, २८ वर्षमुनिका नवयुवाबाट खुसी सिटौला र ४० वर्षमुनिका युवाबाट प्रवेश बस्नेत चयन हुनुभएको छ।
यसअघि सम्पन्न महाधिवेशन प्रतिनिधिको निर्वाचनबाट खुला कोटामा विवेककेशरी प्रसाईं, हर्कलाल गिरी, कृष्ण हुमागाईं, ओमकृष्ण बिमली, मदन बुढाथोकी, पदमसुन्दर लामिछाने, विष्णु खरेल, मेघराज ढकाल (राज), सीताराम सिटौला र दीपककिशोर घिमिरे निर्वाचित हुनुभएको थियो।
त्यसैगरी, महिला खुला कोटाबाट मीरा खड्का, टीका मैनाली, पार्वता खरेल र सुशीला संग्रौला निर्वाचित हुनुभएको छ।
समावेशी कोटाबाट दीपेन्द्र कार्की (दीपक), नारायणप्रसाद पौडेल, युवराज दाहाल, भक्तिप्रसाद गौतम, नारायण भारती, राधिका चुडाल, गोमा दङ्गाल, अशोक चौधरी, पाण्डवलाल चौधरी, राजनारायण साह र टेकबहादुर सार्की निर्वाचित हुनुभएको छ।
त्यसैगरी, २८ वर्षमुनिका नवयुवाबाट खुसी सिटौला र नैतिक अग्रवाल तथा ४० वर्षमुनिका युवाबाट प्रवेश बस्नेत र अभिषेक रिजाल चयन हुनुभएको छ। प्रजातन्त्र सेनानी तथा द्वन्द्वपीडित कोटाबाट डिल्लीराम सिटौला र सुमन पोद्दार चयन हुनुभएको छ।
त्यसैगरी, विज्ञ कोटाबाट नारायणप्रसाद पौडेल र श्रमिक कोटाबाट देवीप्रसाद कार्की निर्वाचित हुनुभएको छ भने अपाङ्गता कोटाबाट भीमबहादुर चेम्जोङ सर्वसम्मत निर्वाचित हुनुभएको छ। अन्य कोटाबाट दीपेन चौधरी र सञ्जय न्यौपाने निर्वाचित हुनुभएको मतदान अधिकृत अनुषा चुडालले जानकारी दिनुभएको छ।



