शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड ७ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा सहज,आठ सय भन्दा बढीले लिए

बिहिवार, कार्तिक २, २०८०

बिर्तामोड । सरकारले लक्षित वर्गका लागि उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण कार्य बिर्तामोड ७ मा सहजरुपमा भईरहेको छ ।  जेष्ठ नागरिक, बिधवा, एकल महिला, पुर्ण तथा आंसिक अपाङ्गता भएका व्यक्ति र दलित वालवालिकाको लागि उपलव्ध हुँदै आएको भत्ता वडा नम्बर ७ ले सहजताका साथ वितरण गर्दै छ ।

एक्सल डेभलपमेन्ट बैंक गरामनि शाखाबाट कात्तिक १ गते हिजो देखि सुरु भएको वितरण कार्य भोली शुक्रवार सम्पन्न हुने वडाअध्यक्ष अविरलकृष्ण खरेलले जानकारी दिनु भयो । भत्ता लिनेहरुको लागि वडा कार्यालयले सहजिकरण गरिहेको छ । वडा सदस्य हिमलता विश्वकर्मा, स्वयमसेवक चन्द्रमणि खरेल, युवराज निरौला र कुवेरप्रसाद कोइराला भत्ता प्राप्त गर्नेहरुको सहजिकरणका लागि खटिनु भएको छ ।भत्ता वितरण कार्यमा कुनै असहजता नहोस् भन्ने उदेश्यले विगत देखिनै स्वयंसेवक राखेर सहजिकरण गर्दै आएको वडाअध्यक्ष खरेलले जानकारी दिनु भयो । आफ्ना वडावासीको सहजिकरणका लागि वडाअध्यक्ष खरेल आफैँ पनि खटिनु भएको छ। वडा नम्बर ७बाट खटिएका स्वयमसेवकले अन्य वडाका नागरिकलाई पनि सहजिकरण गरीरहेको जनाइएको छ ।

अब देखि वडा नम्बर ७का टोल टोलमै पुगेर वडा कार्यालयको सहजिकरणमा बैंकका प्रतिनिधि मार्फत भत्ता वितरण गर्ने गरि एक्सल डेभलपमेन्ट बैंकसंग सम्झौता भएको वडाअध्यक्ष खरेलले जानकारी दिनु भयो । २ दिनमा वडा नम्बर ७ का करिब आठ सय जनाले भत्ता बुझेका छन् । सामाजिक सुरक्षा भत्ता त्रैमासिक रुपमा वितरण हुँदै आएको छ ।

सम्बन्धित खबर