सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड १०ले जित्यो चौंथो वडास्तरीय नकाउट फुटबलको उपाधि

बिहिवार, कार्तिक २, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नम्बर १० ले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको फाइनल खेलमा विर्तामोड वडा नम्बर ५ लाई २–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड–१० ले उपाधि उचालेको हो । उपाधि जितेसंगै बिर्तामोड १० ले नगद १ लाख, मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेको छ ।

बिर्तामोड–१० लाई उपाधि दिलाउन सौरभ लिम्बूले खेल सुरु भएको ५ औं मिनेट पहिलो गर्दै टिमलाई १–०को अग्रता दिलाएका थिए । निर्धारित ६० मिनेटको खेलको पहिलो हाफमा अन्य कुनै स्कोर हुन सकेन् । खेलको ३३ औं मिनेटमा पाल्देन गुरुङले थप एक गोल गर्दै बिर्तामोड–१० लाई २–० गोल को अग्रता दिलाए । बिर्तामोड–५ ले भने ४२ औं मिनेटमा एक गोल फर्काउन वाहेक अन्य गोल थप्न सकेन । बिर्तामोड ५ का लागि सुजन वि.क.ले एक गोल गरेका थिए । प्रतियोगिताको उपविजेता बनेको बिर्तामोड–५ ले नगद ५० हजार, मेडल, ट्रफी तथा प्रमाण–पत्रमा चित्त बुझाएकोे छ ।प्रतियोगिताको‘म्यान अफ दी सिरिज’को पुरस्कार बिर्तामोड १० का सौरभ लिम्बूले हात पारे । उनले ट्रफी र नगद १३ हजार १ सय पाए । उनलाई आयोजक समितिको तर्फबाट नगद ५ हजार, जिवन विकास लगुवित्त सस्था बिर्तामोडको तर्फबाट ५१ सय र झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनको तर्फबाट नगद ३ हजार प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा उदयीमान खेलाडीको पुरस्कार बिर्तामोड ५ का बिक्रम तामाङले हात पारे । उनलाई ट्रफी र प्रवासी नेपाली मञ्च न्युयोर्क सिटीका अध्यक्ष सूर्य लिङ्देनले नगद ५ हजार हस्तनान्तरण गर्नुभएको थियो ।

फाइनल खेलको ‘म्यान अफ दी म्याच’को पुरस्कार बिर्तामोड १० का अविशेक गुरङले हात पारे । उनले नगद २५ सय पुरस्कार पाए । उनलाई आयोजकको तर्फबाट १५ सय र यूवा व्यवसायी दिपेन चौधरीको तर्फबाट नगद १ हजार प्रदान गरिएको थियो । प्रतियोगिताका विजेता र उपविजेता लगायतलाई आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरी, जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, वडाअध्यक्षहरु राहुल शर्मा र रोहित प्रसाई, आयोजक समितिका उपाध्यक्षहरु सन्तोष गुरुङ र आईतमाया शेर्मा लगायतले पुरस्कार तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विशम लिम्बूले संचालन गर्नुभएको प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा  महतारा प्रसाई, जिल्ला खेल्कुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र झापा गोल्डकपका अध्यक्ष तथा एन्फाका सदस्य विनोद बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित खबर