सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा ११ एफसी जित्यो

शुक्रवार, कार्तिक ३, २०८०

झापा । मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा अर्को उत्कृष्ट टोली झापा एफसीलाई २-० गोल अन्तरले हराउँदै झापा ११ ले उपाधि रक्षा गरेको हो । 

जितसँगै झापा ११ ले नगद १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेतामा सीमित झापा एफसीले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर झापा ११ का सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्डर झापा ११ का सुमन मगर, उत्कृष्ट मिडफिल्डर झापा एफसीका आयुष श्रेष्ठ, उत्कृष्ट फरवार्ड झापा ११ का बबिन बोहोरा, उच्च गोलकर्ता झापा ११ प्रदिप बुढाथोकी र उत्कृष्ट प्रशिक्षक झापा ११ का पेम्बु गुरुङ भए । उनीहरुलाई नगद ३ हजार रुपैयाँ र ट्रफी प्रदान गरियो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि झापा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रमणि न्यौपाने, मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजमा प्रतिनिधि, झापा ११ का अध्यक्ष जलकुमार गुरुङ, आयोजक क्लबका अध्यक्ष किरण पौडेल लगायले पुरस्कार वितरण गरेका थिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच झापा ११ दुई गोलकर्ता बबिन बोहोरा भए । उनले नगद तीन हजार प्राप्त गरे ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको थियो । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको छ ।

सम्बन्धित खबर