शुक्रवार, मंसिर ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

एमाले अध्यक्ष केपी शर्मा ओलीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम

शुक्रवार, कार्तिक ३, २०८०

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको अवसरमा सबै नेपालीहरुलाई सुख र समृद्ध प्राप्त होस् भन्दै शुभकामना दिनुभएको छ। अध्यक्ष ओलीले चाडवाडले सबै परिवारमा खुशी र स्नेह प्रदान गर्ने धारणा राख्नुभयो ।
विगत वर्ष झैं बडादशैं, तिहार, छठ पर्वको अवसरमा अध्यक्ष ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बडादशैंले सबैको परिवारको व्यवहार सुध्रियो भन्दै कामना गर्नुभएको छ ।उहांले दशैंले आफन्तबीचको सम्बन्ध सुदृढ गर्ने र आशिर्वाद लिनेदिने काम गर्ने बताउनु भयो।

विदेशी संस्कृतिहरुप्रति आकर्षण बढेको भन्दै ओलीले सचेत रहन समेत आग्रह गर्नुभयो ।कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चाडवाडको अवसरमा शुभकामना दिदैं नेपाली नागरिकको जीवनमा सुख र खुशियाली ल्याउन सकोस् भन्नुभयो । उहांले वर्तमान गठबन्धन सरकारको अत्याचार विरुद्ध एक हुन आव्हान समेत आग्रह गर्नुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा एमालेका नेता कार्यकर्ता, विभिन्न राजनीतिक दलहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा राप्रपाका नेता केशव ओझा, कांग्रेस झापाका सचिव कृष्ण हुँमागाई, माओवादी नेतृ धर्मशिला चापागाई, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नागरिक समाजका तर्फबाट डा.रामबाबु गिरीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।नेकपा एमाले झापाले व्यवस्थापन गरेको कार्यक्रममा पार्टीलाई १० कठ्ठा जमिन निशुल्क सहयोग गर्ने डिल्ली सिटौलालाई अध्यक्ष ओलीले सम्मान समेत गरेको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिनुभयो । 

सम्बन्धित खबर