Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
मिनि ट्रकले स्कुटरलाई ठक्कर दिंदा खुदुनाबारीमा २ जनाको मृत्यु
शनिवार, कार्तिक ४, २०८०
झापा । अर्जुनधारा नगरपालिका-२ स्थित खुदुनाबारी बजार नजिकै झेलेनीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज खुदुनाबारीबाट बिर्तामोड तर्फ आउंदै गरेको लु १ च ६८६३ नम्बरको मिनि ट्रक र मे ५ प ४४८५ नम्बरको स्कुटर ठक्कर खांदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिनुभयो।
स्कुटर चालक अर्जुनधारा-२ गाजाबारीका अन्दाजी ३५ बर्षका याम भट्टराईको घटना स्थलमै र घाइते स्कुटरको पछाडी सवार गाजाबारी कै अन्दाजी ३६ बर्षका रोशन लुङ्गेली मगर उपचारका लागि बिर्तामोडको बि एण्ड सि अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक हेम बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।