शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

मिनि ट्रकले स्कुटरलाई ठक्कर दिंदा खुदुनाबारीमा २ जनाको मृत्यु

शनिवार, कार्तिक ४, २०८०

झापा । अर्जुनधारा नगरपालिका-२ स्थित खुदुनाबारी बजार नजिकै झेलेनीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
आज खुदुनाबारीबाट बिर्तामोड तर्फ आउंदै गरेको लु १ च ६८६३ नम्बरको मिनि ट्रक र मे ५ प ४४८५ नम्बरको स्कुटर ठक्कर खांदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिनुभयो।

स्कुटर चालक अर्जुनधारा-२ गाजाबारीका अन्दाजी ३५ बर्षका याम भट्टराईको घटना स्थलमै र घाइते स्कुटरको पछाडी सवार गाजाबारी कै अन्दाजी ३६ बर्षका रोशन लुङ्गेली मगर उपचारका लागि बिर्तामोडको बि एण्ड सि अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक हेम बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर