शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

दुई महिनामा १ करोड २२ लाख कन्डम आयात

मङ्गलवार, कार्तिक ७, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिना (साउन र भदौमा) १ करोडभन्दा बढी कन्डम आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा १ करोड २२ लाख १०५ थान कन्डम आयात भएको हो ।सरकारले यो आयातबाट ६ करोड २१ लाख २९ हजार रुपैयाँ बराबरको राजस्व प्राप्त गरेको छ ।गत एक वर्ष अर्थात् आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ६५ लाख ९९ हजार २९० थान कन्डम आयात भएको थियो । गत वर्ष २१ करोड २८ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको थियो ।गत वर्ष साढे ३ करोडभन्दा बढी थान कन्डम आयात हुँदा यस वर्षको पहिलो दुई महिनामै एक करोड २२ लाख थान कन्डम आयात भएको छ ।

सम्बन्धित खबर