मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को र्याट विभागको उपप्रमुख आशिष थापा (बैकुण्ठ)ले ड्युटिमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गर्दै हातपात गरेका छन् ।रवि लामिछाने नेतृत्वको रास्वपाका र्याट उपप्रमुख थापाले थाहा नगरपालिका वडा नं. ९ चित्लाङका ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गरेका हुन । कुटपिट गरेको थाहा पाएपछि स्थानीयवासीले उपप्रमुख थापालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन ।
थापाले विगतमा मुग्लिन नारायणघाट खण्डमा पर्ने सडक व्यवस्थापनको नाममा अनाधिकृत रुपमा वाकेटके बोकी गैरकानुनी कार्य समेत गरेका थिए ।
थापालाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेपछि शक्ति देखाउँदै रास्वपाका सभापति रवि लामिछानेले छुटाउन दवाव दिनुभएको छ ।


