Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
गैर आवासीय नेपाली संघको केन्द्रीय कार्यालय पराजित पक्षले कब्जा गर्न खोज्दा तनाव
मङ्गलवार, कार्तिक १४, २०८०
काठमाडौं । गैर आवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा दुई पक्षबीच तनाव भएको छ ।
एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला पराजित टीम पुगेपछि विवाद र हातपात भएको हो ।
पराजित पक्षले केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको भनाइ छ । पराजित पक्षले भने युवा संघका कार्यकर्ताले आरके शर्मालाई दुर्व्यवहार गरेको तथा बुद्धि सुबेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएका छन् ।
अध्यक्ष बद्री केसीसहित एनआरएन नवनिर्वाचित टिमको स्वागत कार्यक्रममा एमाले नेता बस्नेत सहभागी हुनुहुन्थ्यो । दिउंसो दुई बजेतिर आरके शर्माको टिम पनि कार्यालयमा प्रवेश गरेको थियो ।
पराजित पक्ष माओवादी केन्द्रका प्रवास ब्युरो इन्चार्ज ओम शर्मासहित कार्यालयमा गएको थियो । पराजित पक्षले वाईसीएल लिएर कार्यालय कब्जा गर्न खोजेपछि कार्यक्रममा सहभागी युवा संघका कार्यकर्ताले रोक्ने क्रममा विवाद बढेको थियो ।
एनआरएन अभियन्ता पर्शु बस्नेतले भने नजिकै कार्यक्रममा सहभागी भएका महेश बस्नेत एनआरएन केन्द्रीय कार्यालयमा गएर नवनिर्वाचित नेतृत्वलाई बधाई दिने क्रममा पराजित पक्षका केही व्यक्तिले दुर्व्यवहार गर्न थालेपछि सामान्य विवाद भएको बताउनु भयो। उहांले युवा संघको तर्फबाट हातपात नभएको दाबी गर्नु भयो ।