बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएको छ । संघको आज बसेको बैठकले चुनावको मिति फागुन १४ गते तय गरेको हो ।
आगामी चुनावमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र महासचिव अर्जुनकुमार मैनालीको चर्चा छ ।
संघको यस वर्षको साधारणसभा कात्तिक १८ गते गर्ने जनाईएको छ ।