सोमवार, साउन १२, २०८२
Nayapaper | अनलाइन पत्रिका

अनिल किरानामा गुणस्तरहिन समान बिक्री गरेको भन्दै हेलो सरकारमा उजुरी,बिर्तामोड नगरपालिकाको अनुगमन

बिहिवार, कार्तिक १६, २०८०

झापा । बिर्तामोडको पश्चिम स्टेण्डमा रहेको अनिल किराना स्टोरमा म्याद गुज्रिएका अखाद्य वस्तु विक्री वितरण भईरहेको भन्ने गुनासो आएपछि आज अनुगमन गरिएको छ ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको हेलो सरकारमा उजुरी परेपछि बिर्तामोड नगरपालिकाले अनुगमन गरेको हो ।अनुगमनमा २ किलो कुहिएको छोक्डा घाममा सुकाईरहेको फेला परेपछि जफत गरिएको छ । अनुगमनमा ३ दिन भित्रमा उपभोक्ताले देखिने गरि मुल्य सूची टांस्ने, तेल, बेसन लगायतका प्याकेटमा उत्पादन मिति स्पष्ट प्रिन्ट गर्न सम्बन्धित उद्योगहरुलाई निर्देशन दिने, प्याकिंग गर्ने खालका खाद्य वस्तुमा खाद्य अनुज्ञा पत्र लिने लगायतका निर्देशन दिएको नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो ।हेलो सरकारमा अनिल किराना पसलमा म्याद गुज्रिएका र गुणस्तरहिन वस्तु भण्डारण गरि बिक्री वितरण गर्ने गरेको गुनासो परेको थियो ।

नगर उप प्रमुख संग्रौलाको संयोजकत्वमा अनुगमन गरिएको हो । अनुगमनमा नगर कार्यपालिका सदस्य यमुना आचार्य, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष मदन गोपाल सुव्वा, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिब राजु गौतम लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर