Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
सुन तस्कर दावा छिरिङको नेपाली नागरिकता रद्द
शुक्रवार, कार्तिक १७, २०८०
सवारीसाधनका पाटपुर्जामा लुकाएर सुन तस्करी गर्ने चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङको नेपाली नागरिकता सरकारले रद्द गरेको छ।
उनले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेपलाञ्चोक जिल्लाबाट नेपाली नागरिकता लिएका थिए। बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको नागरिकता रद्द गरेको हो।
छिरिङले २० पुस २०७४ मा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ठेगाना राखी नेपाली नागरिकता बनाएका थिए। तिब्बती मूलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र पासपोर्ट छ।
नेपाली महिलासँग बिहे गरी उनी लामो समयदेखि नेपालमा बस्दै आएका छन्। व्यवसायको आवरणमा उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ।