शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड नगरपालिकाले भूकम्प प्रभावितका लागि ५ लाख रुपैयाँ राहत प्रदान गर्ने

सोमवार, कार्तिक २०, २०८०

झापा । बिर्तामोड नगरपालिकाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितका लागि ५ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (सोमबार) बसेको कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

घटनाको बारेमा दुख व्यक्त गर्दै नगर प्रमुख प्रसाईले भूकम्पबाट पीडित परिवारको उद्धारको लागि सहयोगको घोषणा गरिएको जानकारी दिनु भयो । नगरपालिकाले विपत व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ दिने भएको हो ।शुक्रबारको भूकम्पले जाजरकोटमा १०५ र रुकुमपश्चिममा ५२ गरी १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार भूकम्पमा परी २४६ जना घाइते भएका थिए, उनीहरुमध्ये १४६ जना प्राथमिक उपचारपछि घर फर्किएका छन्, ११० जना घाइते विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

भूकम्पले ९३७ घरमा पूर्ण क्षति भएको छ भने २ हजार ९५४ घरमा आंशिक क्षति पुगेको छ । 

सम्बन्धित खबर