शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड ७ मा ट्युवेल र हात्ती खेदाउन सहज हुने टर्च लाईट वितरण

मङ्गलवार, कार्तिक २१, २०८०

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा पानी तान्ने कल (ट्युवेल) र हात्ती खेदाउनका लागि प्रयोग गरिने टर्च लाईट वितरण गरीएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आज आयोजित एक कार्यक्रमका विच गरिब तथा विपन्न परिवारलाई १६ थान ट्युवेल र हात्ती प्रभावित क्षेत्रका ११ वटा टोलविकास संस्था र सशस्त्र प्रहरी वेस क्याम गोलधापलाई गरि १५५ थान टर्च लाईट वितरण गरिएको हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको माग वमोजिम सभामुख देवराज घिमिरेको पहलमा वडा नम्बर ६ बुट्टाबारी देउनिया खोलाको पुलदेखि दक्षिण वडा नम्बर ७ हुँदै वडा नम्बर ८ देउनिया खोला पुल दक्षिण किसनभिट्टासम्मको करिव १३ कि.मी. क्षेत्रमा सोलार फेन्सिङ्ग गरिने योजना रहेको जानकारी दिनु भयो । उहांले योजनाको काम तिहार लगत्तै सुरु गरिने तयारी रहेको पनि बताउनु भयो ।

नगरप्रमुख प्रसाईले हात्ती नियन्त्रण गर्न सोलार फेन्सिङ्गका लागि आवश्यक बजेटको माग गर्दै २०७९ चैत २६ गते राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पत्राचार गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष अविरल कृष्ण खरेलले वडा नम्बर ७ मा हात्ती नआएको दिन नभएको भन्दै आज वितरण गरिएको लाइटले केहि हदसम्म भएपनि घपाउन सहयोग मिल्ने बताउनु भयो । आफ्नो वडामा ट्युवेल पनि नभएका घरहरु धेरै रहेकोले २० वटा ट्युवेल बांड्ने योजना अनुसार १६ वटा वितरण गरिएको जानकारी दिनुभयो । वडा कार्यालयले नगरपालिकाको सहयोगमा टर्च लाईट वितरण गरेको हो।कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख प्रसाई, विशेष अतिथि नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, वडाअध्यक्ष अविरल कृष्ण खरेल, कार्यपालिका सदस्य लक्षिमा खतिवडा, समाजसेवी केशवराज कार्की, हिमाल सिटौलाले टर्च लाइट तथा ट्युवेल हस्तान्तरण गर्नुभएको थियो ।

बिर्तामोड नगरपालिकाका न्यायिक समिति सदस्य खडानन्द निरौलाले स्वागत गरेको कार्यक्रमको सन्चालन युवराज निरौला राजनले गर्नु भएको थियो ।

सम्बन्धित खबर