शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापामा पहिलोपटक डोरी तान प्रतियोगिताको आयोजना, १९ टिम सहभागि हुने

मङ्गलवार, कार्तिक २१, २०८०

बिर्तामोड । झापामा पहिलोपटक डोरी तान प्रतियोगिता हुने भएको छ । बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरेर झापा जिल्ला डोरी तान संघले प्रतियोगिताबारे जानकारी दिएको हो ।

संघकी अध्यक्ष युनिता दवाडीका अनुसार प्रथम जिल्लास्तरीय डोरीतान आउटडोर च्याम्पियनसिपमा १९ वटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा झापामा १५ पालिका, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम तथा आयोजकको एक टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष दवाडीले जानकारी दिइन् ।

यही कात्तिक २४ गते बिर्तामोडको अनारमनी पब्लिक क्याम्पसको प्रांगणमा हुने प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने भने उपविजेताले नगद २१ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्नेछ ।

पत्रकार सम्मेलनमा संघका केन्द्रीय उपाध्यक्ष डा. सुवासश्री पोखरेल, कोशी प्रदेश अध्यक्ष रिता न्यौपाने, उपाध्यक्ष हिमा पौडेल लगायतले पत्रकारको जिज्ञाशाको जवाफ दिएका थिए ।

सम्बन्धित खबर