Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
झापामा पहिलोपटक डोरी तान प्रतियोगिताको आयोजना, १९ टिम सहभागि हुने
मङ्गलवार, कार्तिक २१, २०८०
बिर्तामोड । झापामा पहिलोपटक डोरी तान प्रतियोगिता हुने भएको छ । बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरेर झापा जिल्ला डोरी तान संघले प्रतियोगिताबारे जानकारी दिएको हो ।
संघकी अध्यक्ष युनिता दवाडीका अनुसार प्रथम जिल्लास्तरीय डोरीतान आउटडोर च्याम्पियनसिपमा १९ वटा टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा झापामा १५ पालिका, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम तथा आयोजकको एक टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष दवाडीले जानकारी दिइन् ।
यही कात्तिक २४ गते बिर्तामोडको अनारमनी पब्लिक क्याम्पसको प्रांगणमा हुने प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने भने उपविजेताले नगद २१ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्नेछ ।
पत्रकार सम्मेलनमा संघका केन्द्रीय उपाध्यक्ष डा. सुवासश्री पोखरेल, कोशी प्रदेश अध्यक्ष रिता न्यौपाने, उपाध्यक्ष हिमा पौडेल लगायतले पत्रकारको जिज्ञाशाको जवाफ दिएका थिए ।