बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

अनारमनी सोसियल युथ क्लबको आयोजनामा बिर्तामोड रन म्याराथन हुने

बिहिवार, कार्तिक २३, २०८०

झापा । अनारमनी सोसियल युथ क्लबको आयोजनामा बिर्तामोड रन म्याराथन हुने भएको छ ।

तिहारको उपलक्ष्यमा रोट्रयाक्ट क्लब अफ बिर्तामोड , वडा खेलकुद विकास समिति बिर्तामोड ३ र युनाइटेड युथ क्लबको सहयोगमा यही कात्तिक २५ गते शनिवार बिहान महिला र पुरुषको खुल्ला म्याराथन प्रतियोगिता आयोजना गरिने भएको बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

बिहान ६.३० बजे बिर्तामोड नगरपालिका अगाडिबाट शुरु हुने म्याराथन भगवान चौक हुँदै मुक्ति चोक पुगेर पुनः नगरपालिका कार्यालय अगाडि आएर समापन हुने भएको छ । धावकहरुका लागि करिव ६ किलोमिटर दुरी तय गरिएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद, लागूऔषधमुक्त बिर्तामोडका लागि हामी एकजुट’ भन्ने नाराका साथ सो प्रतियोगिता दोस्रो पटक आयोजना गरिएको कार्यक्रम संयोजक प्रभास थापामगरले बताए । युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन गत वर्षदेखि म्याराथन प्रतियोगिता आयोजना गरिएको उनले बताए । पुरुष र महिला म्याराथनमा प्रथम , द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः ७ हजार , ४ हजार र ३ हजार नगद , मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।अनारमनीको ऐतिहासिक नामलाई जोगाउन २०७० सालमा क्लब स्थापना गरी खेलकुद र सामाजिक कार्यहरु निरन्तर गर्दै आएको अनारमनी सोसियल युथ क्लबका अध्यक्ष राज मुखियाले बताए । रोट्रयाक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष बाप्पा शाहले युवाहरुलाई लक्षित गरी आयोजना गरिएको म्याराथनमा सहभागी हुन आव्हान गरे ।

सहभागिता जनाउनका लागि शुक्रवार बेलुकासम्म फारम भर्न सकिने भन्दै अनारमनी युथ क्लबका सदस्य कोसिस घिमिरेले बिर्तामोड ३ नं वडा कार्यालयमा फारम उपलब्ध रहेको जानकारी दिए । उनले प्रतियोगिताकै दिन शनिवार बिहान समेत फारम भर्न सकिने बताए ।

विगत केही महिनादेखि बिर्तामोड ३ का युवाहरु एकजुट भई सामाजिक कार्यमा सक्रिय भएर लागिपरेको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । उनले खेलकुदसंगै लागूऔषध नियन्त्रण , सरसफाई , बृक्षरोपणजस्ता कार्यमा स्थानीय युवाहरुको उत्साहजनक सहभागिता देखिएको भन्दै प्रशंसा गरे ।

पत्रकार सम्मेलनमा वडा खेलकुद विकास समिति बिर्तामोड ३ का अध्यक्ष अनिश सुवेदी ,काजी ब्यांक्वेटका अरुण खड्का , नन्दु सब्जी भण्डारका विशाल चौधरीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर