शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

एमाले मेचीनगर-१२ को अध्यक्षमा अधिकारी सर्वसम्मत

बिहिवार, कार्तिक २३, २०८०

मेचीनगर । नेकपा एमाले मेचीनगर नगरपालिका वडा नं.१२ को अध्यक्षमा रुखमान अधिकारी`रुपेश´ सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

वडाको दोस्रो अधिवेशनबाट उपाध्यक्षमा दिपक लामा सचिवमा प्रकाश बराल, सह-सचिवमा कृष्णमाया बराइली र अमित राई निर्विरोध निर्वाचित भएको अध्यक्ष मण्डलका अध्यक्ष देवकुमार राईले जानकारी दिनुभयो।उक्त अधिवेशनले ३१ सदस्य कमिटी निर्माण गरेको छ ।

अधिवेशन आयोजक कमिटीका संयोजक यामनाथ बरालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटी सदस्य रविन कोइराला रहनु भएको थियो ।

वडा इन्चार्ज शिवलाल प्रसाईंले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर कमिटी उपसचिव जगन भट्टराईले गर्नु भएको थियो ।

सम्बन्धित खबर