Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एमाले मेचीनगर-१२ को अध्यक्षमा अधिकारी सर्वसम्मत
बिहिवार, कार्तिक २३, २०८०
मेचीनगर । नेकपा एमाले मेचीनगर नगरपालिका वडा नं.१२ को अध्यक्षमा रुखमान अधिकारी`रुपेश´ सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
वडाको दोस्रो अधिवेशनबाट उपाध्यक्षमा दिपक लामा सचिवमा प्रकाश बराल, सह-सचिवमा कृष्णमाया बराइली र अमित राई निर्विरोध निर्वाचित भएको अध्यक्ष मण्डलका अध्यक्ष देवकुमार राईले जानकारी दिनुभयो।उक्त अधिवेशनले ३१ सदस्य कमिटी निर्माण गरेको छ ।
अधिवेशन आयोजक कमिटीका संयोजक यामनाथ बरालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटी सदस्य रविन कोइराला रहनु भएको थियो ।
वडा इन्चार्ज शिवलाल प्रसाईंले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर कमिटी उपसचिव जगन भट्टराईले गर्नु भएको थियो ।