शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

शनिबार आयोजित डोरी तान प्रतियोगितामा भिड्ने बिर्तामोडको टिम

बिहिवार, कार्तिक २३, २०८०

बिर्तामोड । झापामा पहिलोपटक हुन लागेको डोरी तान प्रतियोगिताको लागि बिर्तामोडको टिम तयारी रहेको छ ।

झापा जिल्ला डोरी तान संघले बिर्तामोडको अनारमनी पब्लिक क्याम्पसमा शनिबार आयोजना गरेको प्रतियोगितामा सहभागी हुन ९ जनाको टोली तयार रहेको नगर खेलकूद विकास समितिका सचिव विसन लिम्बुले जानकारी दिनुभयो ।

प्रतियोगितामा भिड्ने खेलाडीहरुमा कुशल मेचे , प्रकाश बराइली, अर्जुन साउदेन , गंगा गिरी, उमेश चौधरी, किरण राई , प्रकाश चौधरी, अमीर चौधरी र बिस्नुलाल कुमाल रहेको छन् ।

प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद २१ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्नेछ ।

प्रतियोगितामा झापामा १५ पालिका, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम तथा आयोजकको एक टिमले प्रतिस्पर्धा गर्ने जनाईएको छ ।

सम्बन्धित खबर