शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

इलेक्ट्रिक कारको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

शुक्रवार, कार्तिक २४, २०८०

झापा । बिर्तामोड २ स्थित चारपोनमा गाडि ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान ५ . ४५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जांदै गरेको प्रदेश ०१ –०–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक कारले पैदलयात्री बिर्तामोड २ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नबराज न्यौपानेले जानकारी दिनुभयो ।

ठक्कर दिने गाडि र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । मृत्यु भएका राजवंशीको शव पोष्टमाटमकालागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर