Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
इलेक्ट्रिक कारको ठक्करबाट पैदलयात्रीको ज्यान गयो
शुक्रवार, कार्तिक २४, २०८०
झापा । बिर्तामोड २ स्थित चारपोनमा गाडि ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
आज बिहान ५ . ४५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जांदै गरेको प्रदेश ०१ –०–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक कारले पैदलयात्री बिर्तामोड २ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नबराज न्यौपानेले जानकारी दिनुभयो ।
ठक्कर दिने गाडि र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । मृत्यु भएका राजवंशीको शव पोष्टमाटमकालागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।