शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड रनमा शिव कार्की र देविका तामाङ प्रथम

शनिवार, कार्तिक २५, २०८०

बिर्तामोड । अनारमनी सोसियल युथ क्लवको आयोजनामा भएको बिर्तामोड रनमा शिव कार्की र देविका तामाङ प्रथम भएका छन् । पाँच किमि दौडमा पुरुष तर्फ कार्की र महिला तर्फ तामाङ प्रथम भएका हुन् ।

‘स्वास्थ्यका लागि खेलकुद, लागुऔषध मुक्त बिर्तामोडका लागि हामी सबै एकजुट’ नारासहित आयोजना गरिएको बिर्तामोड रनमा पुरुष तर्फ दोस्रो सुकदेव टुडु, तेस्रो यामदेव राई र महिला तर्फ साइना गुरुङ दोस्रो र रुपा राई तेस्रो भएको कार्यक्रम संयोजक प्रभाश थापामगरले जानकारी दिए ।बिर्तामोड नगरपालिका प्राङगणबाट सुरु भएको दौड चोक–यातायात कार्यालय हुँदै नगरमा पुगेको थियो ।विजेताहरुलाई प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, डिएसपी सुरज कार्की सहित अगुवाहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर