Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड रनमा शिव कार्की र देविका तामाङ प्रथम
शनिवार, कार्तिक २५, २०८०
बिर्तामोड । अनारमनी सोसियल युथ क्लवको आयोजनामा भएको बिर्तामोड रनमा शिव कार्की र देविका तामाङ प्रथम भएका छन् । पाँच किमि दौडमा पुरुष तर्फ कार्की र महिला तर्फ तामाङ प्रथम भएका हुन् ।
‘स्वास्थ्यका लागि खेलकुद, लागुऔषध मुक्त बिर्तामोडका लागि हामी सबै एकजुट’ नारासहित आयोजना गरिएको बिर्तामोड रनमा पुरुष तर्फ दोस्रो सुकदेव टुडु, तेस्रो यामदेव राई र महिला तर्फ साइना गुरुङ दोस्रो र रुपा राई तेस्रो भएको कार्यक्रम संयोजक प्रभाश थापामगरले जानकारी दिए ।बिर्तामोड नगरपालिका प्राङगणबाट सुरु भएको दौड चोक–यातायात कार्यालय हुँदै नगरमा पुगेको थियो ।विजेताहरुलाई प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, डिएसपी सुरज कार्की सहित अगुवाहरुको सहभागीता रहेको थियो ।