शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

पाथिभरा सुनचाँदी पसलका सञ्चालक नवराज बिमली १ अर्बभन्दा बढी ठगेर बेपत्ता

सोमवार, कार्तिक २७, २०८०

कनकाई । झापाको सुरुंगामा लामो समयदेखि सुनचाँदी व्यवसाय गर्दै आएका नवराज बिमली हेमुले एक अर्बभन्दा बढी रकम ठगी गरेर बेपत्ता भएका छन् ।

सुरुंगा बजारमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गर्दै आएका बिमलीबाट ठगिनेमा कन्काई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीदेखि लिएर कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाईसम्म छन् ।

जनप्रतिनिधि हुनुभन्दा अघिदेखि कारोबार गर्दै आएकाले आफूहरु ठगिएको उनीहरुको गुनासो छ । नवराज बिमली कात्तिक १० देखि पसल बन्द गरेर परिवारसहित बेपत्ता भएको पीडितको गुनासो छ । उनीहरुबाट पीडित हुनेहरुले हालसम्म ७० हजारदेखि १ करोड १३ लाखसम्म ठगिएको बताएका छन् ।

सबै जनाले आफूहरु ठगिएको भन्दै कनकाई नगरपालिका ३ को वडा कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन् । आफूहरु ठगिएको भन्दै हेमु बिमलीपीडित समितिसमेत गठन गरेर उनीहरुले आन्दोलन सुरु गरेका छन् ।

झापा गाउँपालिका वडा नम्बर ६ का पूर्वजनप्रतिनिधि मोहन पोखरेलको संयोजकत्वमा २१ सदस्यीय खोजबिन समिति गठन गरिएको छ । हालसम्म आधिकारिक रुपमा २७ करोड रुपैयाँको प्रमाणसहित बिमलीबाट ठगिएको भनेर पीडितहरु सम्पर्कमा आएको संयोजक पोखरेलले बताए ।

कनकाई नगरपालिका ३ का वडाध्यक्ष युजराज चम्लागाईंले भने बिमली दसैंलगत्तै सम्पर्कबाहिर रहेकाले उनको खोजबिनका लागि कानुनी उपचार खोजी गर्न थालिएको बताए ।

यसअघि झापा गौरादहका अर्का एक सुनचाँदी व्यवसायी सर्वसाधारणको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका थिए । हाल उनीहरु दम्पती नै झापा जिल्ला कारागारमा छन् ।

सम्बन्धित खबर