Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापाको चप्रामारीबाट विद्युतीय ट्रान्समिटर चोरी
मङ्गलवार, कार्तिक २८, २०८०
झापा । कनकाई नगरपालिका-५ स्थित चप्रामारीबाट विद्युतीय ट्रान्समिटर चोरी भएको छ । चोरी गर्ने समुहले ११ हजार भोल्टेजबाट ट्रान्समिटरको तार हटाई त्यहाँ रहेको १०० केभिएको ट्रान्समिटर चोरी भएको कनकाई नगरपालिका-५ का वडासदस्य दिलु उप्रेतीले बताउनुभयो ।
चोरी गर्ने समूहले तामाको तार र त्यहाँ रहेको तेलका लागि ट्रान्समिटरको चोरी गरेको र चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक अशोक कोइरालाले बताउनुभयो ।हालसम्म यस क्षेत्रमा कुखुरा, काठ, लगायातका घरायसी सामग्रीहरु चोरी हुने गरेको भए पनि यसरी मेन लाईनकाटेरै ट्रान्समिटरनै चोरी भएको भने यो पहिलो घटना भएको कनकाई नगरपालिका-५ का वडाअध्यक्ष कृष्णबहादुर राईले बताउनुभयो ।