शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

विरिङ खोलामा आयोजित वृहत छठ पूजाको उद्घाटन सभामुख घिमिरेले गर्ने

शुक्रवार, मंसिर १, २०८०

बिर्तामोड । झापाको कनकाई नगरपालिका ८ स्थित विरिङ खोलामा आयोजना गरिएको वृहत छठ पूजाको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने हुनु भएको छ ।

सभामुख घिमिरे पूजा उद्घाटनका लागि मंसिर ३ गते बिहान ८ बजेको फ्लाइटमा झापा आउने उहांको सचिवालयले जनाएको छ ।

सचिवालय स्रोतका अनुसार सभामुख घिमिरे ५ गतेसम्म झापा रहने र त्यसविचमा आफ्नो निर्वाचन क्षेत्र भित्र विभिन्न कार्यक्रममा सहभागि हुने जनाइएको छ ।
तालिका यस प्रकार छ ।

छठ सेवा समिति बिर्तामोडले यस वर्ष पनि छठ पूजाको दिन धार्मिक वृहत मेलासहित पूजाको आयोजना गरेको हो । समितिले ८ सय परिवारलाई पूजा गर्नको लागि पण्डाल (घाट)को व्यवस्थापन गर्ने भएको छ ।

सम्बन्धित खबर