शनिवार, वैशाख २९, २०८१
NayaPaper | अनलाइन पत्रिका

नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गर्ने झापाका विनोद थापा पक्राउ

शुक्रवार, मंसिर १, २०८०

दमक । नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका- १ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

झिलझिले इलाका प्रहरी कार्यालयमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्षसमेत रहेका बताइएको छ ।

 

सम्बन्धित खबर